अचम्म पो छ एमालेमा अचेल
एमालेमा अचम्म छ । एउटा सिंगो पुस्तालाई सनकको भरमा निस्क्रियताको शिकार बनाइएको छ । जिल्ला कमिटीमा पराजित भएकाहरुलाई प्रदेश कमिटीमा लैजाँदा केन्द्रीय कमिटीको चुनावमा एक भोटले हारेका पूर्वअञ्चल इञ्चार्जहरु विगत तीन वर्षदेखि ठण्डाराम हालतमा छन् ।
मेची इञ्चार्ज नरेश खरेल, कोशीका राजेन्द्र गौतम, सगरमाथाका धर्मनाथप्रसाद साह, गण्डकीका खगराज अधिकारी, भेरीका देवराज भार, महाकालीका उर्वादत्त पन्त, सेतीका भानुभक्त जैसीसहित आठ जनाको कन्तबिजोग भएको हो । अघिल्लो केन्द्रीय कमिटीमा रहेका र यस…