समाचार

प्रधानमन्त्रीका टोली सदस्य आजै दिल्ली उडे

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमणमा भोलि नयाँ दिल्ली जाँदै हुनुहुन्छ । टोलीमा छ दर्जनभन्दा बढी सदस्य हुने बताइएको छ । सोही टोलीका एक जना सदस्य नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी आज नयाँ दिल्ली गएका हुन् । अधिकारी बिहान साढे ८ बजे नेपाल वायुसेवाको उडान नम्बर आरए २०५ मा त्यसतर्फ गएको बताइएको छ ।

Page 1552 of 2002