कस्तालाई दिइयो जिल्ला हाँक्ने काम ?
प्रमुख जिल्ला अधिकारी बन्न सर्वोच्च अदालतले निश्चित योग्यता तोकिदिएको छ । जिल्लाको प्रशासकीय प्रमुख भएर भूमिका निर्वाह गर्नुपर्ने सिडिओले मातहतका कर्मचारीलाई चलाउने मात्र नभएर जनता र कतिपय सन्दर्भमा फौजी संगठन प्रहरी, सशस्त्र प्रहरी बल र सेनाबारे पनि बोल्नुपर्ने हुन्छ ।
शान्ति–सुरक्षादेखि विकास निर्माण, समाजकल्याण र अन्य व्यावसायिक कार्य तथा राजनीतिक दलका गतिविधिबारे पनि सरकारलाई नियमित रिपोर्टिङ गर्नुपर्ने हुन्छ । त्यसैले सर्वोच्चले सिडिओको योग्यता र क्षमतासम्बन्धी परेको मुद्दामा …