टाउकोमा झुप्पो हालेका क्रियापुत्री उपराष्ट्रपतिलाई भोट मतदानस्थलमा
उपराष्ट्रपति चयनका लागि अहिले भैरहेको मतदान प्रक्रियामा एकजना क्रियापुत्री पनि सहभागी भएका छन् । बुबाको किरिया बसेका गण्डकी प्रदेशसभा सदस्य प्रकाश बडालले मतदानस्थलमा पुगेर भोट हालेका हुन् ।
कांग्रेस नेतासमेत रहेका उनी आठ दिनदेखि बुबाको आशौच बारिरहेका छन् । टाउकोमा झुप्पो र सेतो लुगा बेरेको अवस्थामा उनले मतदान गरे । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट मतदान भैरहेको छ । निर्वाचन आयोगका अनुसार अपराह्न ३ बजेसम्म मतदान हुनेछ ।&nbs…