सिन्धुपाल्चोक पुगेर पनि गिरिजाकै कुरा
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र जोगाउने मुख्य अभिभारा आफ्नो काँधमा आएको बताउनुभएको छ ।
पार्टीको मेलम्ची नगर सम्मेलन तथा जागरण सभालाई आज सम्बोधन गर्दै उहाँले संविधान निर्माण र विस्तृत शान्ति सम्झौताको प्रमुख हस्ताक्षरकर्ता हुनुको नाताले देश जोगाउने जिम्मेवारी आफूमा आएको दाबी गर्नुभएको हो ।
तत्कालीन प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले जीवनको अन्तिम घडीमा आफ्नो हात समातेर देशको जिम्मा…