पूर्व विशिष्टहरुको सेवा सुविधा सदनले तय गर्छ : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले पूर्व विशिष्ट व्यक्तिहरुको सेवा सुविधालाई व्यवस्थित बनाउन आवश्यक विधेयकको तर्जुमा गरिरहेको प्रष्टीकरण दिनुभएको छ । पूर्व भिभिआइपी र भिआइपीहरुलाई आजीवन महंगो सेवा सुविधा दिन लागिएको भन्दै सामाजिक सञ्जालमा भइरहेको चर्को विरोध र विपक्षी दलका नेताहरुले प्रश्न उठाइरहेको पृष्ठभूमिमा मन्त्री लेखकले संसदको आजको बैठकमा स्पष्ट पार्नुभएको छ ।
विधयेक तयार भएपछि सदनमा पेश गरिने र छलफल गरेर मात्रै टुंगो लगाइने मन्त्री लेखकको भनाई छ । ‘कसलाई कति सुवि…