मधेसमा माओवादीबाट धमाधम स्पस्टिकरण
सर्वोच्च अदालतको फैसलाले साविकको अवस्थामा फर्किएको माओवादीले जनप्रतिनिधिहरुलाई धमाधम कारवाही गरिरहेको छ ।
संघ र प्रदेशका झन्डै एक दर्जन निर्वाचित प्रतिनिधिलाई पार्टी हित विपरितका गतिविधिमा संलग्न भएको भन्दै कारवाहीको डण्डा बर्साएको माओवादीले स्थानीय तहका प्रतिनिधिलाई स्पष्टीकरण सोध्न थालेको छ ।
एमालेमा प्रवेश गरेका चार जना संघीय प्रतिनिधिसभाका सांसद, दुई जना राष्ट्रियसभा सांसद र केही प्रदेश सांसदलाई बर्खास्त गरेको माओवादीले आज स्थानीय तहका चार जनप्रतिनिधिलाई कडा स्पष्टिकरण सो…