पोर्चुगल र लिभरपुलका स्टार फरवार्डडिएगो जोटाको कार दुर्घटनामा निधन, शोकमा विश्व फुटबल
एजेन्सी, पोर्चुगल रलिभरपुलका फरवार्ड डिएगो जोटाको स्पेनमा कार दुर्घटनामा परेर निधन भएको छ । दुर्घटनामा उनको भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ ।
दुर्घटना बिहीबार स्थानीय समय अनुसार राति १२:३० बजे स्पेनको जामोरा प्रान्तस्थित सेर्नादिल्ला नगरपालिका नजिकै ए-५२ मोटरवेमा भएको हो । २८ वर्षीय जोटा र उनको भाइ आन्द्रे दुवैको घटनास्थलमै ज्यान गएको पुष्टि स्पेनको सुरक्षा निकाय गार्दिया सिभिलले गरेको छ । २६ वर्षका सिल्भा पोर्चुगलको दोस्रो डिभिजन क्लब पेनाफिएलबाट व्यवसायिकफूटबल …