२० औं एसियाली खेलकुद तीन वर्षपछि जापानको नागोयामा
चीनमा १६ दिनदेखि जारी १९ औं एसियाली खेलकुदको औपचारिक समापन भएको छ । खेलकुद समापनसँगै आगामी २० औं खेलकुद जापानको नागोया शहरमा सन् २०२६ मा हुने भएको छ ।
आज साँझ चीनको हाङ्चौमा आयोजित समापन समारोहमा प्रधानमन्त्री लि छ्याङ प्रमुख अतिथि रहेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । चीनमा तेस्रो पटक भएको एसियाली खेलकुदमा आयोजक राष्ट्र २०१ स्वर्ण, १११ रजत र ७१ कास्य पदक जितेर प्रथम भएको छ ।
उद्घाटन समारोहमा चिनियाँ पौडी खेलाडी वाङ सुनले डिजिटल टर्चबाट…