टप एण्ड टी-२० सिरिजमा आज नेपाल र पाकिस्तान भिड्दै
अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिज अन्तर्गत आज हुने खेलमा नेपाल र पाकिस्तान शाहिन्स भिड्दैछन् । डार्विनमा हुने खेल दिउँसो ३ : १५ बजे शुरू हुनेछ ।
नेपाल आजको खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा रहेको छ । यसअघिको पाँच खेलमा दुई जित र तीन हारको नतिजा निकालेको नेपाल ४ अंकको साथ तालिकाको सातौँ स्थानमा रहेको छ । सेमीफाइनल प्रवेशको लागिपनि नेपाललाई आजको खेल जित्नै पर्ने दबाबमा रहेको छ । सेमिफाइनल प्रवेशको लागि नेपालले आजको खेल जितेपनि अन्य टोली…