नेपालको छनोट खेल उज्बेकिस्तानमा
नेपालमा तय भएको एएफसी महिला एसियन कप–२०२२ छनोट खेलअन्तर्गत समूह एफको खेल न्युट्रलभेनु उज्वेकिस्तानमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले कोरोनाका कारण नेपालमा तय भएको छनोट खेल उज्वेकिस्तानमा हुने जानकारी दिएका हुन् ।
एसियाली फुटबल महासंघ (एएफसी)ले कोरोना संक्रमण बढ्दो क्रममा रहेको भन्दै नेपालमा हुने भनिएको प्रतियोगिता उज्वेकिस्तानमा सारेको जानकारी एन्फालाई गराएको तुलाधरले बताए । यसअघि जारी गरेको तालिकाअनुसार नेपालले समूह एफको छन…