यस्तो सम्झौता, कार्यान्वयनमा शंकैशंका
नेपाल सरकारले आन्दोलनरत शिक्षक, राहत शिक्षक तथा बालविकासका सहजकर्ताहरूसँग गरेको सहमतिले राजनीतिमा भीड जम्मा गर्न सके जेमा पनि सरकारलाई घुँडा टेकाउन सकिने रहेछ भन्ने नजिर स्थापित हुन पुगेको छ । कतिपय जायज मागहरूसँगै राजनीतिक रोटी सेक्ने नाजायज मागमा पनि सहमति गरेको देखिएपछि यस्तो दाबी गरिएको हो । शिक्षामन्त्री अशोककुमार राईकै सामु राहत शिक्षकको सीमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिकतर्फ सतप्रतिशत कायम गर्ने सहमति भएको छ । यो सहमतिका कारण शिक्षकमा जाग…