साप्ताहिक समाचार

यही बेला उनी दिल्लीतिर

यसपालि २६ जनवरीको ६८आंै गणतन्त्र दिवसमा भारतीय राजदूत रञ्जित रेले उभिएर पाहुनाको स्वागत गरेनन् न त बिदाइ नै गरे । अनि ‘र’ का प्रमुख विवेक जोहरी पनि समारोहमा देखा परेनन् । किन यस्तो भयो भने एक जना ३ हप्तापछि बिदाइको मुडमा छन् भने अर्काचाहिँ रिपोर्टिङको लागि दिल्ली पुगेका छन् । अनि नयाँ राजदूतमा प्रस्तावित छन्, अझै दक्षिणतिरका मान्छे । यस्ता मान्छेको दृष्टिकोण बिहार र उत्तर प्रदेशको भन्दा अलि फरक हुन्छ । नेपालसँग यी दुई प्रदेशका मान्छेको रोटी–बेटीको सम्बन्ध छ…