साप्ताहिक समाचार

​थुनेर मार्लान् नि छोराछोरी !

‘अइया बा, अइया आमा, मरें नि गुहार गुहार… !’ सुधार केन्द्रको ज्यादतिविरुद्ध भरतपुरमा प्रतिकार भएको छ । सुधार्ने भन्दै लगिएकाहरूलाई चार पर्खालभित्र कैद गरेर डर, धम्की र कुटपिटले तह लगाउन खोज्ने क्रममा मुनालचोकको जर्नी अफ रिकभरीमा प्रतिकार भएको हो । असार ४ गते आइतबार साँझ ५ बजेतिर । पाँचजना क्लाएन्टलाई एउटा कोठामा लगेर सञ्चालक एवं स्टाफहरूले मरणासन्न हुने गरी कुट्दै थिए । कुटिएकाहरू सहनै नसकेर बचाउ बचाउ भन्दै चिच्याएपछि अर्काे कोठामा रहेकाले छुटाउन गए ।…