पढेर मात्रै के गर्नु पाइलटले
नेपाली उड्डयन क्षेत्रको विरह कस्तो छ भने आकर्षण धेरै, अवसर कम ! करोडौं खर्चेर पाइलट अध्ययन पूरा गरी स्वदेश फर्किएका नयाँले जागिर नपाउने, पुरानालाई टिकाउन नसकिने । युवामा पाइलटप्रतिको आकर्षण बढ्को बढ्यै तर नेपाली बजार/आकाश साँघुरो छ । त्यही कारण करोड खर्चेर अर्बौं कमाउने चाहना बोकेका युवाहरु प्रमाणपत्र सिरानीमा हालेर सुत्न विवश छन् । पछिल्लो तथ्यांकअनुसार नेपालमा झण्डै तीन सय हाराहारीमा पाइलटहरू बेरोजगार छन् । औसतमा बर्सेनि सय जना युवा पाइलट पढ्न विदेश जाने तर प्रतिवर्ष नेप…