रमेश लेखक

गृहमन्त्री लेखकविरुद्ध जाहेरी दर्ता भएन, आयोग गुहार्ने तयारी

जिल्ला प्रहरी परिसर, काठमाडौंले गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ ।  ‘दलितका लागि दलित अभियान’ का संयोजक खगेन्द्र सुनारले लगेको जाहेरी प्रहरीले दर्ता गर्न नमानेको हो । गृहमन्त्रीविरुद्ध जाहेरी लिन नमिल्ने बताउँदै परिसरले फिर्ता पठाइदिएको संयोजक सुनारले बताए ।  ‘आज हामी जाहेरी लिएर परिसर गएका थियौं । तर, परिसरले गृहमन्त्रीविरुद्ध जाहेरी लिन नमिल्ने भन्दै दर्ता गर्न मानेन । अब हामी राष्ट्रिय मानव अधिकार आयोगमा ड…