हिजो लखेट्नेले अब के गर्लान् ?
औद्योगिक क्षेत्र शिलान्यास गर्ने क्रममा २०७७ सालमा सुकुम्बासीहरुबाट लखेटिएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जसरी पनि सञ्चालनमा ल्याउने घोषणा गर्नुभएको छ । बुटवल उद्योग वाणिज्य संघको ६९ औं वार्षिक साधारण सभाको बुटवलमा उद्घाटन गर्दै उहाँले जिल्लालाई देशकै आर्थिक केन्द्र बनाउन मोतीपुर औद्योगिक क्षेत्र सञ्चालन गर्नैपर्ने दाबी गर्नुभयो । उहाँले सुकुम्बासी नबसेको र विवाद नभएको ठाउँबाट निर्माण कार्य थाल्ने जानकारी दिनुभएको छ ।
२०७७ मा नेकपा विभाजन हुनुपूर्व पार्टीभित्र चरम विवा…