उपनिर्वाचन

उपचुनावमा होमिएका प्रमुख दलको नजर पुथामा, यस्तो छ हिसाब

लुम्बिनी प्रदेशका रिक्त छ पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । त्यसमध्ये सबैभन्दा बढी चर्चामा रुकुम(पूर्वको पुथा उत्तरगंगा गाउँपालिका देखिन्छ । माओवादीको आधार क्षेत्र मानिने उक्त पालिकालाई प्रमुख दलहरुले प्रतिष्ठाको विषय बनाएकाले बढी चर्चा भएको हो ।  २०७९ को स्थानीय तह निर्वाचनमा उक्त गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित अधिकांश वडामा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए । तर, उपाध्यक्ष भूपेन्द्रा बुढा र वडा नम्बर २ का वडाध्यक्ष जसबहादुर श्रीपालीको गत भदौ १८…