सुन तस्करीको नयाँ तरिका : जिपको गियरबक्समा २ किलो
काठमाडौंको प्रमुख प्रवेश नाका नागढुंगामा दुई किलो सुन फेला परेको छ । प्रहरीले रसुवाबाट आउँदै गरेका तीन जनालाई सुनसहित पक्रेको छ ।
रसुवाबाट आउँदै गरेको जिपमा सवार उनीहरुले दुई किलोग्राम सुन ल्याएको प्रहरीले जनाएको छ । रसुवाका २१ वर्षीय सुनील भुजेल, २८ वर्षीय ग्याल्छिङ तामाङ र २६ वर्षीय विरु तामाङ पक्राउ परेका छन् ।
उनीहरूले सुन जिपको गियरबक्समा हालेर ल्याएका थिए ।