अपराध

श्रीमान् नभएको मौका पारेर श्रीमतीको घाँटी रेटियो

वीरगञ्जमा एक महिलाको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । वीरगञ्ज महानगरपालिका–१, छपकैया बस्ने पुनम देवी आज आफ्नै घरभित्रै मृत फेला परेकी हुन् । टाउकोमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा पुनमको शव भेटिएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताए । घटनास्थल पुगेको प्रहरी टोलीले शव नियन्त्रणमा लिई पोष्टमार्टमको निम्ति नारायणी अस्पतालमा पठाएको छ । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले तालिमप्राप्त कुकुर पनि मगाएको छ ।  घरमा एक्लै बस्दै आएकी मृतकका श्रीमान्…

Page 64 of 201