जिबी फरार, छविपछिको पालोमा रवि !
संसदीय विशेष समितिको अनुसन्धानपछि सहकारीको रकम अपचलनमा कारबाही सिफारिसमा परेकामध्ये जिबी राई, रवि लामिछाने र छविलाल जोशीमध्ये छवि केहीबेर अघि पक्राउ परेका छन् । गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष एवम् पूर्व डीआईजी जोशीलाई काठमाडौं प्रहरीले पक्रेको छ ।
विभिन्न सहकारी संस्थाको रकम अपचलनमा थप कारबाहीका लागि प्रक्रिया अघि बढाउन संसदीय विशेष छानबिन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिएपछि जोशी पक्राउ परेका हुन्…