कोशी प्रदेश सरकारमाथि संवैधानिक प्रश्न उठाउँदै एमाले सर्वोच्चमा
एमालेले कोशी प्रदेश सरकार असंवैधानिक रुपमा गठन भएको ठहर गरेको छ । उसले उक्त सरकार असंवैधानिक भएको जिकीर गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
एमालेले संविधानको धारा १६८ (२) बाट निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ (३) अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेशको माग गरेको छ ।
कोशीमा हिजो गठन भएको नयाँ प्रदेश सरकारलाई एमाले अवैधानिक भनेको छ । यता, मुख्यमन्त्री मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।…