सरकारको गलत नीतिको मारमा परेको भन्दै क्रसर उद्योग बन्द गर्ने व्यवसायीहरुको घोषणा
लुम्बिनीका क्रसर व्यवसायीहरुले देशभरका क्रसर उद्योग बन्द गर्ने घोषणा गरेका छन् ।
सरकारको अव्यवहारिक निर्णयले उद्योग नवीकरण हुन नसकेको भन्दै व्यवसायीहरुले आजदेखि उद्योग ठप्प गर्ने जानकारी गराएका हुन् । विगत १० वर्षदेखि सरकारबाट जारी भएका अव्यवहारिक निर्णयहरुका कारण उद्योगहरुको नवीकरणसम्बन्धी समस्या झेल्दै आएको बताउँदै यस्तो निर्णय लिनुपरेको बताए।
'सरकारबाट कानून बमोजिम दर्ता भई ईजाजत लिएर सञ्चालनमा रहेका क्रसर, खानी तथा वालुवा उद्योगहरु २०८० असार १५ गतेभित्र नवी…