लुम्बिनीमा जोशी आएलगत्तै घुमुवा छाप्छाप्ती
बाह्य सूचना लिन कहिलेकाहीं मात्र खटाइने सादा पोशाकका प्रहरी (घुमुवा) को दुरुपयोग हुने गरेको छ खासगरी सीमा क्षेत्रका जिल्लाहरुका तस्करी, मुद्धा मिलान,अवैध असुलीलगायतका गतिविधिमा प्रहरी उच्च अधिकारीहरुले प्रयोग गरेको व्यापक गुनासोपछि सशस्त्र प्रहरीले देशव्यापी रुपमै घुमुवा राख्न नपाउने उर्दी जारी गर्यो । तर नेपाल प्रहरीमा भने यो रोग झन झांगिदै गएको छ ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुखमा डिआइजी उमेशराज जोशी आएलगत्तै जिल्ला जिल्लामा घुमुवाको भर्ति केन्द्र बनाइएको छ ।…