एकातिर दल दर्ता, अर्कोतिर रिट
संसद पुनःस्थापनाको माग गर्दै नेकपा (एमाले)ले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले सर्वोच्च पुगेर आज निवेदन दर्ता गराएका हुन् ।
मंसिर १ गते पार्टी मुख्यालय च्यासलमा बसेको विघटित प्रतिनिधिसभाको संसदीय दलको बैठकले संसद पुनःस्थापनाको लागि संघर्ष थाल्ने निर्णय गरेको थियो । यसबीचमा आवश्यक कानुनी परामर्श र कागजात तयार पारेर एमाले सर्वोच्च पुगेको हो ।
प्रधानमन्त्री सुशीला कार्कीलाई विद्यमान कानुनले आधिकारिकता नदिने …