भक्तपुरमा बेराेजगारलाई उद्यमी बनाउन पहल
भक्तपुर नगरपालिकाले बेरोजगार तथा आर्थिक रुपले कमजोर, विपन्न युवाहरुलाई उद्यम सञ्चालनका निम्ति ऋण दिने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै ऋण लिन चाहने इच्छुक स्थानीय युवालाई निवेदन दिन आह्वान गरेको छ ।
नगरपालिकाका अनुसार नगर क्षेत्रभित्रका १६ देखि ४५ वर्षसम्मका बेरोजगार एंव आर्थिक रुपले कमजोर, विपन्न युवाले ऋणका निम्ति निवेदन दिन सक्नेछन् । युवा उद्यमशीलता प्रवर्द्धन ऋण परिचालन सम्बन्धमा बनेको कार्यविधि, २०७९ बमोजिम युवालाई उद्यमशीलता प्रवर्द्धन ऋण प्रदान गरिने न…