हिउँ परेपछि महिनौं महोत्सव, करोडौं डलरको व्यापार
पर्यटन विकासका लागि राज्य र निजी क्षेत्रको प्रयास कस्तो हुनुपर्छ भन्ने उदाहरण चीनले दिएको छ । मरुभूमि, पठार भूमिमा समेत पर्यटन व्यवसाय फस्टाउँदै गरेको चीनमा उत्तरी भेगमा हिउँ पर्न थालेपछि हिउँदभर हिउँ महोत्सव आयोजनाको लागि तयारी थालिएको छ ।
भित्री मङ्गोलिया स्वायत्त प्रदेशले आगामी पाँच महिनासम्म आयोजना गरिने हिउँ र हिउँदे पर्यटन मौसमको तयारी गरेको जानकारी दिएको छ । यसअन्तर्गत १५९ सांस्कृतिक कार्यक्रम, ४८ खेलकुद गतिविधि र ४५ विशेष विषयमा आधारित पर्यटक मार्ग सञ्चालन गरिने …