पेटमा पिसाब भरिएपछि बालकको अवस्था गम्भीर
मोरङको कटहरी गाउँपालिका–४, नयाँबजारका ७ वर्षीय प्रेम कामतको गम्भीर स्वास्थ्य अवस्थाका कारण आमाबुबा चिन्तित देखिन्छन् । मृगौलामा समस्याका कारण पिसाब बन्द भएपछि उनको पेट फुलेको बताइन्छ ।
पिसाब नभएपछि अस्वाभाविक रूपमा पेट फुलिरहने समस्या रहेको उनका बाबु शिवनारायण र आमा धनवन्तीले बताए । उनीहरुका अनुसार प्रेमले चार वर्षदेखि यो समस्या झेल्दै आएका छन् । काठमाडौंको कान्ति बाल अस्पताल, विराटनगरको नोबेल र विराट टिचिङ अस्पतालमा उपचार गराइसक्दा पनि दीर्घकालीन सुधार नद…