पर्वतको भवानी विद्यापीठलाई चिनियाँ सहयोगको ओइरो
पर्वतको फलेबास ५, खानीगाउँस्थित भवानी विद्यापीठलाई चीन सरकारले विभिन्न सहयोग उपलब्ध गराउने भएको छ । नेपालका लागि राजदूत छन सोङले आज दिउँसो उक्त विद्यालय परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सहयोगको प्रतिबद्धताबारे जानकारी दिनुभएको छ ।
राजदूतले चिनियाँ दूतावासको तर्फबाट विद्यालयमा तत्काल एक थान स्मार्ट स्क्रिन उपलब्ध गराउन लागिएको बताउनुभयो । त्यसैगरी उक्त विद्यालयका दुई जना विद्यार्थीलाई चीनमा उच्च शिक्षाको अवसर दिइने छ । चीन पुगेपछि सम्बन्धित विद्यार्थीले आफ्नो शैक्षिकस्…