ग्लोबलका ग्राहकलाई विमान टिकट खरिदमा ‘क्यासब्याक’
ग्लोबल आइएमई बैंकका ग्राहकले यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक पाउने भएका छन् । बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताले यती एयरलाइन्सको हवाई टिकट खरिदमा पाँच सय रुपैयाँसम्म क्यासब्याक पाउने जनाइएको छ ।
बैंकका अनुसार ग्राहक तथा तिनका परिवारका सदस्यले ग्लोबल स्मार्ट प्लसबाट यती एयरलाइन्सको टिकट बुकिङ गर्दा ‘फ्लाई यती’ प्रोमो कोड प्रयोग गरी क्यासब्याक पाउन सक्नेछन ।
ग्राहकले यो प्रोमो कोड तीन पटकसम्म प्रयोग गर्न सक्नेछन् । क्या…