पोषणको नाममा कुपोषितकै शोषण
कुपोषित बालबालिकालाई पोषणसम्म पहुँच र सचेतना फैलाउने भन्दै दुई दशकदेखि पोषण क्षेत्रमै क्रियाशील संघ–संस्थाले कुपोषण खेती चलाएको तथ्य उजागर भएको छ । कुपोषणको डरलाग्दो तथ्याङ्क देखाउँदै दातृ निकायसँगको डलर खेतीले स्थानीयको पोषणमा सुधारभन्दा शोषण बढी भइरहेको बताइन्छ ।
देशमा कुपोषित जिल्लाहरूको अग्र स्थानमा रहेका जिल्लामा ४६ प्रतिशत बालबालिका कुपोषणबाट ग्रस्त देखिन्छन् । उक्त अवस्था सुधारका लागि सन् २००५ बाट युनिसेफको ‘स्कुल लिड टोटल स्यानिटेशन’ कार्…