नेपाल झिकाउने तयारीपछि कार्कीले भने ‘जिब्रो चिप्लियो, माफी चाहन्छु’
प्रधानमन्त्रीको हत्या गर्न उक्साएका भ्लगर रतन कार्कीले माफी मागेका छन् । प्रहरीले नेपाल ल्याएर विद्युतीय अपराध सम्बन्धी कसूरमा मुद्दा दर्ता गर्ने तयारी थालेपछि उनले जापानबाटै माफी मागेका हुन् ।
कार्कीले गत बुधबार साफ वुमन्स च्याम्पियशिपको फाइनल खेल हेर्न दशरथ रंगशाला पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न उक्साउँदै एक भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । जसमा भनेका थिए, ‘आज गरौं यत्तिचाहिँ गरिहालौं । आज गरिएन भने हामी धेरै पछुताइन्छ । आँटौं साथीहरु …