ढुंगा फोर्दाफोर्दै मिडियाले खिचेको ध्यान
भनिन्छ नि, सम्पत्तिमा सबैको हाईहाई, बिपत्तिमा कोही छैनन्, साथीभाइ । छैनन् भनौँ– ६ छोराछोरी छन्, छन् भनौँ गर्वका साथ कसैको नाम लिन सक्दैनन् । जन्मायो, हुर्कायो, पढायो, बढायो । तिनै सन्तान कालान्तरमा खुट्टा टेक्ने भएपछि हेर्लान्÷बुढेसकालको सहारा बन्लान् भन्नु त भ्रम मात्र रहेछ । त्यसमाथि पनि जेठो छोरो नै कारागार पुगेपछि पीरमाथि पीरको भारीले थिचिएका छन्, नवलसिंह राई । खाने मुख दुईबाट बढेर आठ भयो । न अन्न उब्जाउने थलो छ, न त आम्दानीको अन्य स्रोत नै । जीवनका तीन दशक ढ…