श्रीमानहरुमा विदेश भ्रमण मोह : कामुको ठाउँमा अर्का कामु
जेन–जी प्रदर्शन र विध्वंशपछि गठित अन्तरिम सरकारले मुलुकको राजनीतिक तथा आर्थिक दुरावस्था ध्यानमा राखेर अत्यावश्यक अवस्थामा बाहेक खर्च नगर्न सुझाएको छ । विशेषगरी विदेश भ्रमणमा मितव्ययिता अपनाउन गत असोज पहिलो साता सर्कुलर जारी गरिएको थियो । आन्तरिक तालिम तथा गोष्ठीहरू पनि सम्भव भएसम्म अनलाइन वा सरकारी हलमै गर्न भनिएको छ ।
सरकारले गरेको यो निर्णय मन्त्री र सरकारी कर्मचारीका लागि मात्र होइन । सम्भवतः न्यायाधीशका लागि पनि हुनुपर्छ । तर असामान्य अवस्थाको पर्वाह नगरी प्…