भारतमा यसरी निम्तियो भाँडभैलो
छायाँकान्त (सिके नायक)
नागरिकता संशोधन कानुनले भाजपाको बलियो सरकारलाई हल्लाइदिएको छ । सत्तारुढ भाजपाले जे कुरा सोचेर उक्त कानुन लागू गर्न खोजेको थियो, त्यसमा ऊ पूर्णतः चुकेको छ । यो कानुन पूर्णतः साम्प्रदायिक र हिन्दुहरुलाई मात्र फाइदा पु¥याउने खालको थियो । नागरिकता संशोधन विधेयक (सिएबी) नाम दिइएको सो विधेयक संसद्बाट पारित भइसकेको छ । सिएबीले छिमेकी मुलुक बंगलादेश, पाकिस्तान र अफगानिस्तानबाट अवैध रुपमा भारत पसेका गैरमुसलमानहरुलाई दिइने छुटमा लचकता अपनाए…