समर्थन गुमाउँदा गुमाउँदै पनि किन आएन राजीनामा,किन सँसदको सामना ?
संसद्को गणितले प्रष्ट भन्छ - दुई ठूला दल मिलिसकेपछि अहिलेको सरकारले निरन्तरता पाउने सम्भावना छैन । त्यसकारण नेपाली कांग्रेस र एमालेबीच सत्ता साझेदारीको सहमति भएसँगै वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठाउँ खालि गरिदिने अनुमान गरिएको थियो । तर, संविधानले दिएको सुविधा उपयोग गर्दै 'संसद फेस' गर्ने तयारी छ ।
अर्कोतिर, शेरबहादुर देउवासँग आलोपालो प्रधानमन्त्रीको सहमति गरेर सरकारको नेतृत्व लिने तरखरमा रहेका केपी ओलीले अहिलेसम्म विश्वासको मत कायमै रा…