नेता पत्नीले जितेका सैयौं नजिर
सहकारी ठगी प्रकरणमा कारागारमा पुर्पक्षको सजाय काटिरहेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रवन्ध निर्देशक रवि लामिछाने कानुनतः अहिले न निर्दोष हुन्, न दोषी । अदालतबाट मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनलाई एक अभियुक्तका रूपमा हेरिन्छ । अदालतले यस्ता गम्भीर अपराधका मुद्दामा प्रतिवादीलाई साधारण तारिखमा छोड्ने, धरौटी माग्ने वा थुनामा राखेर पुर्पक्ष गर्नेमध्ये कुनै एउटा आदेश दिने गर्छ । जिल्ला अदालतबाट धरौटीमा छुटेका रवि उच्च अदालतको आदेशले थुनामा गएका हुन् । सर्वोच्च अदालत…