यस्ता छन् प्रधानमन्त्रीले सुनाएका सय दिने उपलब्धि
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको एक सय दिनको प्रगती विवरण सार्वजनिक गर्नुभएको छ ।
सरकार गठनको सय दिन पुगेको सन्दर्भमा आज सिंहदरबारबाट सम्बोधन गर्दै उहाँले उपलब्धि सार्वजनिक गर्नुभएको हो । त्यसक्रममा ओलीले नेपाली कांग्रेस र एमालेजस्ता इतिहास र हैसियत भएका दलहरू मिलेर बनेको सरकार ढल्ने दिवासपना नदेख्न आग्रह गर्नुभयो ।
भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा भ्रष्टाचारीलाई दुई-चार दिनको लागि पक्राउ गरेर उन्मुक्ति नदिइने पनि उहाँले बताउनुभएको छ । सहकारी ठगी प्रकरणम…