हिरासतमा रहेका सभापतिलाई निकाल्न डा.चन्दाको अपील
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले हिरासतमा रहेका सभापति रवि लामिछानेलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न गृहमन्त्रीलाई अपील गरेकी छन् । आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले बयान र प्रमाण पेश गरिसकेको अवस्थामा पनि अनुसन्धानलाई लम्बाइएको बताइन् ।
समितिमा रास्वपाबाट सभापति लामिछाने र सांसद कार्की सदस्य छन् । तर अहिले लामिछाने हिरासत पुगेपछि कार्कीले बचाउ गरेकी हुन् । आरोप मात्रै लागेको व्यक्तिलाई लामो समय थुनामा राख्नु न्यायोचित नहुन…