दुर्गा प्रसाई रविको बचाउमा नलाग्ने
राजावादी अभियन्ता भनिने मेडिकल व्यवसायी दुर्गा प्रसाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउमा सडकमा नजाने भएका छन् ।
सहकारी ठगीमा पक्राउ परेका लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपाले पोखरामा आन्दोलन गरिरहेको छ । प्रसाईंले हिजो आफू पनि आन्दोलनमा सामेल हुने घोषणा गरेका थिए ।
तर, आज भने उनले अदालतको आदेश सबैले स्वीकार गर्नुपर्ने जनाउँदै पोखरा नजाने बताएका हुन् । अदालतले अनुसन्धानका लागि म्याद थप गरिसकेको अवस्थामा भीडको पछि लाग्न नहुने प्…