कस्ता–कस्ता घरबार, झुसिलकिराको दरबार
आवश्यकभन्दा अनावश्यक योजनातिर ध्यान केन्द्रित गर्दा गाउँ गाउँमा सिंहदरबार भन्ने नाराले जनतालाई छुन सकेको छैन । गाउँपालिकाहरूले प्रशासकीय भवन भन्दै सिंहदरबारलाई नै माथ खुवाउने गरी शिशमहल त ठ्याएका छन् तर त्यहाँबाट प्रवाह हुने सेवा–सुविधा, योजना, कार्यसम्पादन भने त्यति प्रभावकारी हुन सकेको देखिँदैन ।
जनजीविका र आयआर्जनका योजनालाई सशक्त ढंगबाट उठान गर्न नसक्दा स्थानीय तहले तर्जुमा गरेका योजना काम कुरो एकातिर, कुम्लो बोकी थिमीतिर भन्ने उखानजस्तै चरितार्थ हुँदै आएको छ …