नियम मिचेरै नियुक्ति, चुरेको यो दुर्गति
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका सदस्य शशीकुमार शर्माले मापदण्डविपरीत नियुक्ति लिएको पाइएको छ । गठन आदेशमा उल्लिखित मापदण्डविपरीत उनलाई जिम्मेवारी दिइएको तथ्य खुलेको छ ।
महोत्तरी, कोहल्वा घर भई काठमाडौंको धुम्बाराहीमा बस्दै आएका शर्मा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा नियुक्त भएका थिए । २०७७ चैत २३ गतेको मन्त्रिपरिषद् बैठकबाट नियुक्त उनको पदावधि पाँच वर्ष तोकिएको छ । तीन वर्ष बिताइसकेका उनको योग्यतालाई लिएर सर्वोच्च अदालतदेखि अख्तियारमा समेत उजु…