माधव नेपाल शपथ खाएर अस्पताल फर्किने
बिरामी परेर अस्पताल भर्ना हुनुभएका एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहणका लागि आज संसद भवन जानुहुने भएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज दिउँसो १ बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ गराउने कार्यक्रम छ । रौतहट–१ बाट चुनाव जित्नुभएका नेपाल अस्पतालबाटै संसद भवन जाने र शपथ पछि पुनः अस्पताल फर्किने बताइएको छ ।
रूघा खोकी, ज्वरो र छातिमा संक्रमण देखिएपछि उहाँ गत आइतबार त्रिवि शिक्षण…