भारतीय प्रधानन्यायाधीशलाई २१ पूर्व न्यायाधीशको पत्र
भारतको सर्वोच्च अदालत र उच्च अदालतका २१ जना अवकाशप्राप्त न्यायाधीशले त्यहाँका प्रधानन्यायाधीश डीवाई चन्द्रचुडलाई संयुक्तरुपमा लेखिएको पत्र बुझाएका छन् । न्यायपालिकालाई राजनीतिक दबाब दिने र कमजोर बनाउने प्रयास भइरहेको सन्दर्भ उल्लेख गर्दै उनीहरुले पत्र लेखेको बताइएको छ ।
वर्तमान समयमा सर्वाधिक रुचाइएका र सबैतिरबाट चर्चा बटुलिरहेका प्रधानन्यायाधीश चन्द्रचुडलाई सम्बोधन गरेर लेखिएको पत्रमा पूर्वन्यायाधीशहरूले ‘न्यायपालिकालाई राजनीतिक दबाबबाट जोगाउन आवश्यक’ रहेको जिकिर…