कोशीका मुख्यमन्त्रीविरुद्ध संकल्प प्रस्तावको चेतावनी
नेकपा एमाले र माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एक महिनाभित्र राजीनामा नदिए संसदमा संकल्प प्रस्ताव ल्याउन बाध्य हुने चेतावनी दिएका छन् ।
मुख्यमन्त्रीलाई एक महिनाभित्र पदबाट राजीनामा दिने वा विश्वासको मत लिने एक विकल्प रोज्न चुनौती दिएका एमाले–माओवादी नेताहरुले अन्यथा प्रदेशसभामा संकल्प प्रस्ताव दर्ता गर्न बाध्य हुने चेतावनी दिएका हुन् ।
यी दुई दलले सोमबार सरकारलाई दिएको सर्मथन फिर्ता लिँदै नयाँ सरकारमा दाबी पेश गरिसकेका छन् । उनीहरुल…