स्वार्थ बाझ्ने कुरामा कतिञ्जेल सम्झौता
मुलुकको हरेक क्षेत्र जर्जर छ । जनताको सेवा गर्छु भन्दै राजनीति गर्ने चल्ता पुर्जाहरु व्यावसायिक देखिएसँगै विशेष गरी स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा व्यापक असर देखा परेको छ । पूरै तहसनहस भएका छन् ।
यी क्षेत्र तहसनहस भएकै कारण १२ कक्षासम्मको शिक्षा निःशुल्क भनिए पनि एसईई गर्नेबित्तिकै वा १२ कक्षा समाप्त नहुँदै लाखौं विद्यार्थी बर्सेनि अर्बाैं खर्च गर्दै विदेशिन्छन् भने स्वदेशभित्रै पनि शिक्षा अत्यन्त महंगो छ । यसको मुख्य कारण शिक्षामैत्री कानुनको अभाव त हुँदै हो, शिक्षाको व्यापारीकरण अर्क…