सरोकार समितिले औंल्याएका सुझाव कार्यान्वयन गर्न प्रधानमन्त्री दृढ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सरोकार तथा समन्वय समितिको अध्ययन प्रतिवेदनमा औंल्याइएका सुझाव कार्यान्वयन हुने बताउनुभएको छ ।
राष्ट्रियसभाका सांसदहरुले प्रतिवेदनमाथि उठाएका प्रश्नको जवाफ दिँदै उहाँले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि प्रतिवेदनका ग्रहण गर्ने सरकारको प्रतिबद्धता सुनाउनुभएको हो ।
'सङ्घीयताको प्रभावकारी कार्यान्वयन तथा तीनै तहको कार्यक्षेत्र एवं कार्यसम्पादनका क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न प्रतिवेदन सहयोगी हुनेछ',…