गृहमन्त्रीलाई दुर्गा प्रसाईंको च्यालेन्ज- फोटो सार्वजनिक गरेरै छोड्छु
मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंले तस्करहरुको फोटो सार्वजनिक गर्ने आफ्नो पूर्वनिर्धारित कार्यक्रम नरोकिने बताएका छन् । गृहमन्त्री रवि लामिछानेले फोटो सार्वजनिक नगर्न दबाब दिएको खुलासा गर्दै उनले सो भनाई राखेका हुन् ।
आज गृहजिल्ला झापाबाट काठमाडौँ फर्किनेक्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले भने, ‘मलाई फोटो सार्वजनिक नगर्न भनेर गृहमन्त्रीले भन्नुभएको छ, तर फोटो सार्वजनिक गर्छु, यो चुनौती हो । तस्करको फोटो सार्वजनिक …