विश्वचर्चित भारतीय विश्वविद्यालयमा वामपन्थीको जीत
भारतको प्रख्यात विश्वविद्यालय जवाहरलाल नेहरु (जेएनयु) मा हालै सम्पन्न विद्यार्थी युनियनको चुनावमा अधिकांश महत्वपूर्ण पद वामपन्थी खेमाका विद्यार्थीले जितेका छन् । गत साता सार्वजनिक चुनावी परिणामअनुसार युनियनका सभापति, उपसभापति,महासचिव र सहसचिव पदमा वामपन्थी खेमाका उम्मेदवार विजयी भएका छन् ।
पछिल्लो १२ वर्षमा भएको विद्यार्थी युनियनको चुनावमध्ये यस पटक ७३ प्रतिशत मत खसेको थियो । पछिल्लो परिणामले भारतीय जनता पार्टी र राष्ट्रिय स्वयमसेवक संघको समर्थनप्राप्त अखिल भारतीय विद्…