अवकाशप्राप्त सचिवलाई प्रधानमन्त्रीको दोसल्ला, पुँजीगत खर्च नभएकोप्रति चासो
सचिव पदबाट सेवा निवृत्तभएका एक दर्जन कर्मचारीको आज बिदाइ गरिएको छ । प्रधानमन्त्री कार्यालय सिहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चालु आर्थिक वर्षमा सेवा निवृत्त हुनुभएका १२ जना सचिवलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ ।
अवकाशप्राप्त सचिवहरु यादवप्रसाद कोइराला, रामप्रसाद थपलिया, धनराज ज्ञवाली, गोपीकृष्ण खनाल, डा. दामोदर रेग्मी, दिनेशकुमार घिमिरे, देवकुमारी गुरागाइँ र केवलप्रसाद भण्डारीलगायत हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड…